Comments Add Comment

पार्टी एकता जोगाउन लुम्बिनीका एमाले जिल्ला अध्यक्षको अपील

२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपा एमालेका अध्यक्षहरुले पार्टी एकता जोगाउन अपील गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको भन्दै अहिले एकजुट हुन सकेन भने इतिहासले क्षमा नदिने उल्लेख गरेका छन् ।

एमालेलाई थप सुदृढ, व्यापक र गतिशील बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको रुपमा विकास गरेर लैजान पार्टी एकढिक्का हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा पार्टी भित्रको आन्तरिक द्वन्द्वले कार्यकर्तालाई समेत निराश बनाएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युंताएपछि पार्टीमा समानान्तर संगठनको अभ्यास भइरहेको छ ।

लुम्बिनी प्रदेशमा पनि पार्टीको माधव नेपाल–झलनाथ खनाल पक्षले १२ वटै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment