
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको बेला महानगरले सहयोग गरेको हो ।
भेन्टिलेटर हस्तान्तरण गर्न मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतका जनप्रतिनिधि अस्पताल पुगेका थिए । कार्यक्रममा मेयर शाक्यले कोभिड १९ विरुद्ध लडाइँमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए । उनले अघि भने, ‘अन्य अस्पतालहरुलाई महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौं भनेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4