+
+

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते १८:२५

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएका दाहालको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ ।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका पत्रकार दाहाललाई सास फेर्न समस्या भएपछि वैशाख १० गते सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको थियो । तर, शुक्रबार राति पुनः स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान उनको निधन भएको हो ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पछिल्लो समय उनी सिपोष्ट न्यूज डटकमका सम्पादक र प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?