+
+
Shares

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते २०:०५

२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् ।

मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् ।

उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?