Comments Add Comment

ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भयो ‘महानगर’

चलचित्र ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ । चलचित्रका क्रियटिभ प्रोड्यूसर नवनिधि दाहालले चलचित्रको अमेरिकाको प्रिमियर सोही फेस्टिभलमा हुने जानकारी दिएका छन् ।

‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहन राइले ‘महानगर’बाट फिचर चलचित्रमा डेब्यू गरेका थिए । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको वृत्तचित्र हो भने ‘सखी’ छोटो चलचित्र हो ।

यो चलचित्रले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय चलचित्र मध्येबाट यो महोत्सवमा स्थान बनाएको हो । यो महोत्सव मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रले एक रातको कथा भनेको छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको छ । यो चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकारको पनि अभिनय छ । चलचित्रलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो ।

निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली चलचित्रले सहभागीता जनाएका थिए । सन् २००९ मा ‘सारी सोल्जर्स’ रसन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यो महोत्सवमा छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment