+
+
Shares

 नेपालमा रहेका बंगलादेशी फर्काउन हिमालयको चार्टर्ड जहाज ढाका उड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १८:३०

२६ वैशाख, काठमाडौं । नेपालमा रहेका बंगलादेशी नागरिकलाई घर फर्काउन हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरिएको छ । काठमाडौंस्थित बंगालादेशी दूतावासले बंगलादेश र्फकन इच्छुक आफ्नो मुलुकका नागरिकलाई यस्तो जानकारी गराएको छ ।

हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट मंगलबार ढाकाका लागि चार्टर्ड उडान गर्न लागेको हो । दूतावासले घर र्फकने नागरिकलाई पीसीआर परीक्षण गर्न र हिमालय एयरलाइन्समा टिकट काट्न समेत आहृवान गरेको छ ।

नेपालमा भारतबाट सातामा दुई उडानबाहेक अन्तर्राष्ट्रिय नियमित उडान बन्द भएको छ । तर, एयरलाइन्सहरुले माग अनुसार चार्टर्ड उडानहरु भने गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?