
२६ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले कोरोना संक्रमितका लागि भरपर्दाे उपचार व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
प्रदेश १ का निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरी भरपर्दाे उपचार व्यवस्था मिलाउन आग्रह गरेको हो ।
आइतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले सरकारी नीतिका कारण संक्रमितले अस्पताल नपुगी मृत्यु हुने अवस्था आएको बताए ।
संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएकाले तत्काल उपचारको प्रबन्ध मिलाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4