+
+
Shares

वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १०:१३

२७ वैशाख, काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

विर्तामोड-५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय पुरूषको विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा वैशाख २६ गते साँझ ७ बजे मृत्‍यु भएको छ ।

वैशाख १० गते नोबेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन नै विपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका विरामी थिए ।

यस्तै इटहरी-२ सुनसरीका ५८ वर्षीय पुरूषको उपचारको क्रममा वीपी प्रतिष्ठान धरानमा वैशाख २६ गते राति १० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?