+
+

नबिलका डेपुटी सीईओ भन्छन्– डिजिटल कारोबार नै रोजौं

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते ११:०४

२६ वैशाख, काठमाडौं । कारोनाको त्रास पुनः बल्झिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । धेरै क्षेत्रहरु बन्द भए पनि दैनिक उपभोगीयसँगै अन्तत अत्यावश्यक बैंकिङ, बिमा लगायतका क्षेत्रहरुले निषेधाज्ञामा पनि सेवा सुचारु नै राखेका छन् ।

गत वर्ष पूर्ण लकडाउन हुँदा समेत निरन्तर सेवा दिएका बैंकहरुले यसपालि पनि सेवा निरन्तर नै दिइरहेका छन् । बैंकका कर्मचारीहरु पनि पछिल्लो समय ठूलो संख्यामा संक्रमित भएका छन् । नविल बैंकमा मात्रे अहिले करिब एक सयको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी संक्रमणको बैंकिङ क्षेत्रका कर्मचारीहरुमा पनि पछिल्लो समय संक्रमणको दर उच्च रहेको बताउँछन् । नविल बैंककामात्रै सय हाराहारीमा कर्मचारीहरु संक्रमित भएका छन् ।

संक्रमण नभएका कर्मचारीहरुले भने अहिले पनि सेवा निरन्तर दिइरहेका छन् । नविल बैंकले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गरिरहेको उनले बताए । ‘हामीले २५ प्रतिशत शाखा कार्यालय खोलेका छौं भने प्रधान कार्यालयमा २० प्रतिशतमात्रै कर्मचारी राखेर काम गरिरहेका छौँ’ डेपुटी सीईओ, ‘सरकारको निर्देशन, स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा हामीले पालना गरिरहेका छौँ, कहिले कुन शाखा कहिले कुन शाखा मिलाएर खोलिरहेका छौं ।’

बैंकहरुले आलोपालो प्रणाली अनुसार एक दिन बानेश्वरको शाखा खोल्यो भने अर्को दिन बानेश्वर नजिकको अर्को शाखा खोल्ने गरेका छन् । मनजिकैको शाखा खोल्दा बैंक आउनै पर्ने सेवाग्राहीले पनि धेरै दुःख नपाउने डेपुटी सीईओ रेग्मी बताउँछन् ।

सकेसम्म बैंक नआउन आग्रह

सकेसम्म बैंकसम्म नआउन डेपुटी सीईओ रेग्मीको आग्रह छ । अहिले धेरै बैंकिङ कारोबारहरु घरमै बसेर गर्न सकिने भएकाकारण सेवाग्राहीहरुले बैंक नै जानु पर्ने बाध्यता छैन । यसको भरपुर उपयोग गरेर घरमै बस्नु पर्ने उनी बताउँछन् ।

गत वर्षको भन्दा अहिले धेरै कोरोनाको जोखिम देखिएको छ । संक्रमणको दर समेत उच्च रहेकाले अलि बढि नै सजकता अपाउनु पर्ने उनी बताउँछन् । बैंक आउनै पर्ने बाध्यता भएमात्रै आउन उनले आग्रह गरे । बैंकमा भने कोरोनाबाट बच्न उच्च सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए ।

‘काठमाडौं लगायत देशभरीमा अस्पतालहरुमा बेड पाउन नसक्ने अवस्था सिर्जना भएको छ, यसकारण अति आवश्यक नभएसम्म डिजिटल कारोबार गर्न म अनुरोध गर्न चाहान्छु’ उनले भने ।

उनका अनुसार नबिलले कर्मचारीहरु धेरैलाई वर्कफ्रम होममा लगाएको छ । संक्रमित कर्मचारीहरुको पनि मनोवल बढाउनका लागि परामर्श, योगा लगायतको काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?