+
+

कोरोना कहर : २४ घण्टाभित्र बाबुछोराको मृत्यु

संक्रमित छोराको उपचारको क्रममा र बाबु परीक्षण गर्न जाँदाजाँदै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १३:३८

२७, वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बाबुको मृत्यु भएको २४ घण्टाभित्रै कोरोना संक्रमणबाट छोराको पनि मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै मृत्यु भएको थियो ।

नवलपरासीको एक उद्योगमा काम गर्ने छोरालाई ५ दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा नै बसिरहेका थिए । होम आइसोलेसनमा बस्दाबस्दै स्वास्थ्यमा समस्या आएपछि दुई दिन अगाडि मात्रै छोरालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । छोराको हेरचाह र रेखदेखका लागि बाबु जाने गरेका थिए ।

‘सुरुमा होम आइसोलेसनमा थिएँ, वडाबाट मैले बुझ्न पठाएको थिएँ, अस्पताल जाने भए जाऔं एम्बुलेन्स रेडी छ भने, तर सुरुमा बुवाले नै घरमा ठीक छ, तल्लो तलामा बसेको छ, नजाने भन्नुभयो’ वडा नं. ३ का वडाध्यक्ष गोविन्द भट्टराईले अनलाइनखबरसँग भने, ‘केहीदिन पछि गाह्रो भयो भनेपछि सीएमसी लगियो, बुवालाई पनि गाह्रो भएपछि फेरि कोरोना चेक गर्न सीएमसी पठाएको, अस्पतालको गेटमा नपुगी नै बित्नुभएछ ।’

७० वर्षीय बुवालाई आइतबार बेलुका खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको गाडीले अस्पताल पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बाबुको परिवार र आफन्तले तथा छोराको नेपाली सेनाको सहयोगमा अन्त्येष्टि गरेको वडाध्यक्ष भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?