+
+
Shares

वडाध्यक्षको निधनको शोकमा शंखरापुर नगरपालिका मंगलबार बन्द हुने  

रासस रासस
२०७८ वैशाख २७ गते १४:१४

२७ वैशाख, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वैशाख २८ गते मंगलबार बन्द हुने भएको छ ।

वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख सुवर्ण श्रेष्ठले मंगलबार एक दिन स्वास्थ्य संस्थाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिने जानकारी दिए । बैठकले वडाध्यक्षको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?