+
+
Shares

गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १६:३२

२७ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मर्स्याङदी गाउँपालिका-६का ६५ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा ल्‍याउने क्रममा दिउँसो ४:१० बजे मृत्‍यु भएको छ ।

उनलाई वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?