+
+

‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए दिवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १७:४८

आर्थर गनको रुपमा परिचित दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनले, उत्कृष्ट ५ मा स्थान बनाउन सकेनन् ।

आइतबार मदर्स डे स्पेशल कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जितेन । दुई जना बाहिरिनु पर्ने शोको नियम अनुसार एक आर्थर गन थिए ।

आर्थर गन अघिल्लो सिजनमा बने ‘अमेरिकन आइडल’को रनर अप बनेका थिए । कोरोना महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै अमेरिकन आइडलको आयोजकले यसपटक उनलाई यो संकरणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।

मौका पाएपछि आर्थरले ८ जनालाई भोटिङको आधारमा उछिन्दै उत्कृष्ट १० मा स्थान बनाएका थिए । यो चरणमा उनले सर्वाधिक भोट पनि पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?