+
+
Shares

सरकारले तोकेको शुल्कमा कोभिडका बिरामीको उपचार गर्न अस्पताललाई प्रशासनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १८:२३
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित अस्पतालहरुलाई सरकारले तोकेको शुल्कमा कोभिड–१९ का बिरामीको उपचार गर्ने/गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सोमबार सार्वजनिक ध्यानाकर्षण जारी गर्दै अस्पताल अनुगमनको क्रममा देखिएको समस्यालाई गम्भीतापूर्वक लिएर व्यवस्थित गर्न समेत अस्पतालहरुलाई निर्देशन दिएकी हुन् ।

अस्पतालमा उपलब्ध अक्सिजनको सही व्यवस्थपन गरी उच्चत्तम उपयोग गर्न समेत प्रशासनले अस्पताललाई भनेको छ । अस्पताल क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइ पूर्वक पालना गर्ने÷गराउने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

कोभिड–१९ का बिरामीका लागि अत्यावश्यक औषधिहरुको सही व्यवस्थापन गरी उच्चत्तम उपयोग गर्न समेत भनेको छ ।

हेर्नुहोस् सार्वजनिक ध्यानाकर्षण पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?