Comments Add Comment

चोटसँग जुध्नु परेकाले शतप्रतिशत खेल्न सकिन : भरत खवास

२७ वैशाख, काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन अन्तिम हुँदै बाहिरियो । सात टोली सहभागी लिगमा चितवनले एक खेल पनि जित्न सकेन ।

यसका कप्तान तथा मार्की खेलाडी थिए भरत खवास । राष्ट्रिय टिमको कप्तानी समेत गरिसकेका र त्रिभुवन आर्मी फुटबल क्लबको समेत कप्तान रहेका भरत खवासबाट चितवनले पनि ठूलो आशा राखेको थियो ।

तर चोटका कारण चितवनका केही खेलाडीले लिग खेल्न पाएनन् । विकास तामाङ लिग अघि नै बाहिरिए । विकास खवास एक खेलपछि चोटका कारण बाहिरिए । उनीहरुको स्थानमा रिप्लेसमेन्ट खेलाडी पनि राखियो । यस्तै एक विदेशी खेलाडी पनि सुरुमै चोटका कारण बाहिरिए । जसले गर्दा चितवनको प्रदर्शन सोचेजस्तो हुन सकेन ।

आइतबार लिग चरणको सबै खेल सकिंदा चितवनले ६ खेल खेल्दा २ बराबरी र ४ हारबाट जम्मा २ अंक मात्र जोड्न सक्यो ।

लिगबाट बाहिरिएपछि कप्तान भरतले चोटका कारण पहिलो खेलबाट नै शतप्रतिशत दिन नसकेको बताउँदै टिमका अन्य खेलाडी पनि घाइते भएकाले खेलमा असर परेको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै माफी समेत मागेमा छन् र अर्को सिजन उत्कृष्ट प्रदर्शन गर्ने वाचा गरेका छन् ।

उनले चितवन विरुद्धको पहिलो खेलमा ८२ मिनेट खेलेका थिए । बुटवल लुम्बिनी र धनगढी एफसी विरुद्ध खेलेनन् । यस्तै विराटनगर विरुद्ध कप्तानी गर्दै ३८ मिनेट मैदानमा बिताए । पोखरा थण्डर्स र काठमाडौं विरुद्ध पनि उनले खेलेनन् ।

भरतले ६ मध्ये ४ खेल खेलेनन् भने दुई खेलमा गरेर जम्मा १२० मिनेट खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment