+
+
Shares

महोत्तरीमा प्रहरी जवान मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते १५:४७

२८ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवान मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित आँपको बगैँचामा २५ वर्षका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत फेला परेको बिष्टले बताए ।

‘प्रहरी चौकीदेखि ७ सय मिटरको दूरीमा रहेको आँपको बगैचामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्’ बिष्टले भने, “प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट नआउन्जेल केहि भन्न सकिन्नँ ।’

पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका वडा नम्बर १ घर भएका प्रहरी जवान पछिल्लो ७ महिना यता सम्सी प्रहरी चौकीमा कार्यरत थिए ।

प्रहरीका अनुसार मृत फेला परेका साहको आगामी जेठ ९ गते विवाह तय भएको थियो । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?