Comments Add Comment

एम्बुलेन्स नपाएपछि वडा अध्यक्षद्वारा आफ्नै गाडीमा विरामी बोक्ने घोषणा

२८ वैशाख, वीरगञ्‍ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-४ स्थित विशेष आर्थिक सेजका ईन्जिनियर अजय चौधरीको स्वास्थ्य अवस्था बिग्रियो । रातिको एक बजिसकेको थियो । ४२ वर्षीय चौधरीलाई झण्डै १५ दिनदेखि ज्वरो आइरहेको रहेछ ।

स्वास प्रश्वासको समस्या बढ्यो, थप उपचारका लागि लैजान अक्सिजनसहितको एम्बुलेन्सको बन्दोबस्ती मिलाईदिनुस भनेर वडा अध्यक्ष भोजबहादुर खत्री (ईश्वर)लाई फोन आयो । वडा अध्यक्षले आफूसँग नम्बर भएका एम्बुलेन्स चालकलाई धमाधम फोन लगाउन सुरू गरे । ५ वटा जतिलाई फोन गर्दा कसैले भरतपुरतिरै रहेको त कसैले आफू व्यस्त रहेको बताउन थाले । बिरामीको अवस्था विग्रिरहेको छ, एम्बुलेन्स पाईरहेको छैन ।

यसरी नहुने देखेपछि वडा अध्यक्षले प्रहरीलाई फोन लगाएँ। एउटा अक्सिजन सिलिण्डरको व्यवस्था गरे, गाउँकै स्वास्थ्यकर्मीलाई पनि आफ्नै गाडीमा हालेँ । विरामीलाई भरतपुर पुर्‍याएर चितवन मेडिकल कलेजमा भर्ना गराएँ ।

‘ उपमहानगरपालिकासँग एम्बुलेन्स छैन, उद्योग वाणिज्य संघको छ, समयमा आउँदैन ।’ उनले भने ‘कोरोना संक्रमितको जस्तो लक्षण देखिएको छ भनेपछि एम्बुलेन्सले विरामी बोक्न पनि नमान्ने रहेछन् । राति आफ्नै गाडीमा लगेर विरामी भर्ना गरेर आएँ ।’

स्वयमले एम्बुलेन्स पाउन सास्ती भोगेपछि वडा अध्यक्ष खत्रीले आकस्मिक प्रयोगका लागि आफ्नो गाडी दिने उद्‌घोष गरेका छन् । सामाजिक सञ्जालमा उनले विरामीलाई अस्पताल लैजानु परेमा आकस्मिक सेवाको रूपमा नि: शुल्क प्रयोग गर्न सम्पूर्ण वडाबासीमा अनुरोध भनेर लेखेका छन् । आफ्नो ९८५५०२९६५८ र गाडी चालक अमिर पन्तको ९८५४०३४६५५ नम्बर सार्वजनिक गरेका छन् । साथमा स्टाटसमा आकस्मिक सेवा लेखिएको गाडी नं बा १४ च ६१३८ नम्बरको गाडीको फोटो राखिदिएका छन् ।

विरामी बोक्ने एम्बुलेन्स जरुरी पर्दा नपाउने समस्या देखिएकोले आफ्नै गाडीमा विरामी बोक्ने निर्णय गरेको वडा अध्यक्ष खत्री बताउँछन् । ‘जरुरी पर्दा एम्बुलेन्स खोज्यो आउँछु, आउँछु भन्छन्। तर विभिन्न बहाना बनाएर नआउने गरेको देखियो ।’ उनले भने ‘ त्यसैले आफ्नै गाडीमा विरामी बोक्ने निर्णय गरेको हुँ ।’

गत वर्ष कोरोना महामारीमा चारजना गुमाएको वडा नं ४ ले यसपटक एक जनालाई कोरोना भाक्कइरसकै कारण गुमाउनु परेको छ । गाउँ घरमा ज्वरो आएका विरामी बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment