Comments Add Comment

कोरोना संक्रमणबाट सुदूरपश्चिममा एकैदिन ३१ जनाको मृत्यु

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम जिल्लामा गरी पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सबैभन्दा धेरै कञ्चनपुरमा१६ जना, कैलालीमा १० जना, बझाङका २ जना, अछाम, बैतडी र डडेल्धुराका १/१ जनाको मृत्यु भएको निर्देशनालयले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेशभर ८ सय १८ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७ सय २३ जनाको परीक्षण गर्दा झण्डै आधामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५ हजार ७ सय पुगेको छ । उनीहरु मध्ये दुई सय ८१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment