+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोवाको अस्पतालमा उपचाररत २६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते ८:०१

२९ वैशाख, काठमाडौं । भारतको गोवास्थित एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण २६ जनाको मृत्यु भएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहीबेर अक्सिजन आपूर्ति रोकिँदा गोवा मेडिकल कलेजमा उपचाररत बिरामीहरुको मृत्यु भएको समाचार एजेन्सी पीटीआईलाई जानकारी दिएका छन् ।

यसैगरी स्वास्थ्यमन्त्री विश्वजीत राणेले मंगलबार बिहान २ बजेदेखि ६ बजेबीचको अन्तरालमा २६ जना बिरामीको मृत्यु भएको बताएका छन् । उनले बिरामीको मृत्युको कारण नखुले पनि अक्सिजनको अभाव नै भएको हुनसक्ने बताएका छन् ।

उनले यस घटनाको अनुसन्धान हुनुपर्ने बताएका छन् । अक्सिजन आपूर्तिसँग सम्बन्धित विषयमा एक श्वेतपत्र जारी गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?