Comments Add Comment

भारतमा २४ घण्टामा ३ लाख ४८ हजार बढी संक्रमित थपिए, ४ हजार २०५को मृत्यु

२९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०५ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाका ३ लाख ४८ हजार ४२१ नयाँ संक्रमित पनि थपिएका छन् ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३३ लाख ४० हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ५४ हजार १९७ पुगेको छ ।

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटकमा ३९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

केरलामा पनि कोरोनाका ३७ हजार र तामिलनाडुमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा ३७ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

भारतमा अहिलेसम्म १७ करोड ५२ लाख ३५ हजार डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment