+
+
Shares

रौतहटमा थप तीनजना संक्रमितको मृत्यु, थपिए ५९ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १७:०६

२९ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका थप तीनजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गरुडा नगरपालिका–४, बौधीमाई नगरपालिका–२ र राजदेवी नगरपालिका–२ का एक÷एक जना पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।

थपिए ५९ संक्रमित

रौतहटमा बुधबार ५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल सँख्या ४८२ पुगेको छ ।

गौर अस्पतालको पीसीआर ल्याबमा १४१ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

अस्पतालका अनुसार संक्रमित हुनेमा गौर नगरपालिकामा १४, मौलापुरका ११ र परोहाका १० जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?