Comments Add Comment

अफगानिस्तानको काबुल नजिकैको जिल्ला तालिबानको नियन्त्रणमा

२९ वैशाख, काठमाडौं । अफगानिस्तानको चरमपन्थी विद्रोही तालिबानले राजधानी शहर काबुलनजिकैको एक जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । मंगलबार तालिबानले वरदाक प्रान्तस्थित नेर्ख जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । बिहीबारदेखि तालिबानले तीनदिनका लागि युद्धविरामको घोषणा गरेको छ ।

पछिल्लो एक सातामा तालिबानले दुई जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको हो । आगामी सेप्टेम्बर ११ मा अमेरिका सेना अफगानिस्ताबाट फिर्ता जाने तयारीमा रहेको अवस्थामा अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा नेर्खको प्रहरी मुख्यालय, गुप्तचर विभाग र ठूलो सैन्य क्याम्प नियन्त्रणमा लिइएको बताएका हुन् । उनले ‘धेरै शत्रु सैनिकहरु’ मारिएको तथा घाइते भएको बताएका छन् ।

वरदाक प्रान्तका गभर्नरले तालिबानले नेर्ख जिल्लालाई आफ्नो कब्जामा लिएको पुष्टि गर्दै अफगानी सेना चलाखीपूर्ण तरिकाले भाग्न सफल भएको बताए । अफगानिस्तानको रक्षा मन्त्रालयले बुधबार नेर्ख जिल्लामा जवाफी आक्रमण गरी आफ्नो नियन्त्रण पुनः कायम गरिने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment