+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मध्यपश्चिम विश्वविद्यालयमा डीनसहित १७ पदाधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते ९:४७

३० वैशाख, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ ।

विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यस्तै योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा.डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. सुधन झा नियुक्त भएको उपकुलपती सिंहले बताए ।

क्याम्पस प्रमुख पनि नियुक्त

विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुखहरु नियुक्त गरेको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

विश्वविद्यालयले पदाधिकारी छनोटको लागि लोकसेवा आयोगका सदस्य बृन्दा हाडाको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको थियो ।  छनोट समितिले उम्मेदवारले पेश गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहित डकुमेन्टको आधारमा नाम सिफारिस गरेको उपकुलपति सिंहले बताए ।

छनोट समितिले दिएका नामलाई वैशाख १८ गतेको कार्यकारी परिषद्को बैठकबाट नियुक्त गर्ने निर्णय गरिएको थियो । सबै पदाधिकारीलाई जेठ १ गतेदेखि कामकाज गर्ने गरी नियुक्त गरिएको सिंहले बताए ।

विश्वविद्यालयले यसअघि रजिष्ट्रार नियुक्ति गर्दा पनि खुला विज्ञापन आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?