Comments Add Comment

धनुषामा जेठ १० गतेसम्‍म निषेधाज्ञा थप

३० बैशाख, जनकपुरधाम । धनुषामा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरिएको छ ।

यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

बिहीबारको समितिको बैठकले अक्सिजन आपूर्तीमा समस्या बढ्दै गइरहेको हुँदा जिल्लाभित्रका अस्पताललाई प्राथमिकताका आधारमा आपूर्ती गर्न नेपाल प्रहरी मार्फत् बिभिन्न उद्योग, प्रतिष्ठान तथा अन्यबाट संकलित १२५ जान अक्सिजन सिलिण्डर उपलब्ध गराउन र सम्बन्वय गरिदिन सर्लाही प्रशासनलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment