+
+
Shares

महन्थ ठाकुरसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १४:४१

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले बिहीबार दिउँसो चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठक बोलाउनुअघि देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । भेटपछि ठाकुर र महतोले पनि आफ्नो समूहका सांसदहरुसँग छलफल गरेका छन् ।

जसपासँगको भेटवार्तामा भएको कुराकानी र अन्य दलहरुसँग भइरहेको वार्ताबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।

ठाकुर र महतोसँग नयाँ सरकार निर्माणबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको स्रोतले जनाएको छ । ‘थप छलफल गर्ने कुरा भएको छ, तर बैठकमा कुनै ठोस सहमति भने हुनसकेको छैन’, स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?