+
+
Shares

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो स्वाब संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १७:४६
फाइल तस्वीर

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि महानगरपालिकाले बिहीबारदेखि पाँचवटा केन्द्र तोकेर स्वाब संकलन गर्न सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाले पहिलो लहरको कोरोना भाइरस संक्रमणको बेला पनि कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेको थियो ।

दोस्रो लहरमा लक्षणसहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पीसीआरका लागि स्वाब संकलन कार्यलाई पुनः सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?