+
+

ललितपुरमा अत्यावश्‍यक बाहेक सबै कार्यालयहरु बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १८:३३

३० वैशाख, काठमाडौँ । निषेधाज्ञामा ललितपुर जिल्लाभित्र अत्‍यावश्‍यक बाहेकका सबै कार्यालयहरु बन्‍द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललिपुरले सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रण गर्न अत्‍यावश्‍यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साथै अत्यावश्‍यक कार्यालयहरुले पनि न्‍यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न सूचनामा उल्लेख गरिएको छ ।

यस्तै सेवा प्रवाहमा खटाइएका कर्मचारीहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन र सोही आधारमा मात्र आवतजावत गर्न दिइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?