
३० वैशाख, जनकपुरधाम । महोत्तरीमा थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले महोत्तरीमा थप १० दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणदर बढिरहेकाले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
जिल्लामा यसअघि वैशाख २२ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4