Comments Add Comment

कोरोनाबाट मृत्यु भएका पत्रकारको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग

३० वैशाख, जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकारको परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।

बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापन बुझाउँदै रौतहटमा बुधबार मृत्यु भएका पत्रकार मनोजकुमार चौधरी र रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन महासंघले माग गरेको हो ।

महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले बुझाएको ज्ञापनमा संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्थापन मिलाइदिन पनि माग गरिएको छ ।

ज्ञापन बुभ्दै मन्त्री यादवले पत्रकार महासंघले उठाएका मागलाई सकारात्मक रुपमा लिएको भन्दै पत्रकारको हकहितका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताए । उनले पत्रकारको निःशुल्क उपचार गर्ने प्रतिबद्धता समेत दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment