+
+
Shares

कुखुरा खोरमा पसेको चितुवाको दुइ दिनपछि उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:०३

३१ वैशाख, गोरखा । गण्डकी गाउँपालिका–६ भूम्लिचोकको बिजौरे गाउँबाट चितुवाको उद्धार गरिएको छ । स्थानीय टंक नारायण श्रेष्ठको कुखुराको खोरमा पसेको चितुवालाइ दुई दिनपछि उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

‘गत मंगलवार साँझ कुखुराको खोरमा पसेछ, तर बाहिर निस्कन सकेनछ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘स्थानीयले हामीलाइ खवर गरेपछि हाम्रो टोली त्यहा पुगेर उद्धारमा खटिएको हो ।’ कार्यालयबाट खटिएको टोलीले उद्धार गर्न नसकेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट थप प्राविधिक जनशक्ति मगाइएको उनले बताए ।

‘२८ गते साँझ हामीलाइ खवर भयो, हाम्रो टोली २९ गते पुग्यो तर आवश्यक स्रोत साधन र जनशक्ति अभावमा उद्धार गर्न सकिएन, चितवनबाट थप टोली मगायौ, अनि चितुवालाइ लठ्याएर बिहीवार उद्धार गर्‍यौ,’ उनले भने । अन्दाजी ६ बर्षको करिव ४७ केजी तौलको उक्त भाले चितुवालाई सामान्य उपचार पश्चात जिल्ला बाहिरको उपयुक्त बासस्थानमा छाडिएको पौडेलले बताए ।

केही दिन अघि पनि सोही गाउँपालिकाको दर्वुङबाट पोथी चितुवाको उद्धार गरिएको थियो । घरपालुवा पशु चौपाया मार्न थालेपछि स्थानीयले पासोको रुपमा बनाएको खोरमा चितुवा परेको थियो । उक्त चितुवालाइ पनि सामान्य उपचार पश्चात उपयुक्त वासस्थानमा छाडिएको पौडेलले बताए ।

जिल्लामा स्रोत साधन र आवश्यक जनशक्ति अभावमा वन्यजन्तुको उद्धारमा समस्या हुने गरेको उनको भनाइ छ । ‘नयाँ प्रविधियुक्त उपकरण र आवश्यक जनशक्ति नहुदाँ हामीलाइ वन्यजन्तु उद्धारमा समस्या भइरहेको छ,’ उनले भने ।

वासस्थानको क्षयिकरण र आहारा प्रजातिको कमीले वन्यजन्तु गाउँ पस्ने क्रम बढेको उनको भनाइ छ । पानीको मुहान सुक्दै गएकाले पनि पानीको खोजीमा वन्यजन्तु वस्ती पस्ने क्रम बढेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?