+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:२७

१५ माघ, काठमाडौं । भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् ।

सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले पुरिएको अवस्थामा एक आठ वर्षीया बालिकालाई मृत फेला पारेको जनाएको छ । १२ जनालाई बचाइएको र अझै १५–२० जना फसेको हुनसक्ने अनुमान गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

यसैबीच दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनामा दुःख व्यक्त गर्दै सांसद संजिव झाको नेतृत्वमा खोज, उद्धार र राहत वितरणको काममा प्रशासनलाई सघाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?