+
+
Shares

मास्कसहितको शपथ समारोह (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ वैशाख ३१ गते १७:३६

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार नै शपथ लिएका छन् । ओलीले पदमुक्त हुनुअघि मन्त्रीको जिम्मेवारीमा रहेका सबैलाई पुरानै जिम्मेवारीअनुसार मन्त्री बनाएका छन् ।

शुक्रबार मन्त्रीहरु गौरीशंकर चौधरी र गणेशसिंह ठगुन्ना तथा राज्यमन्त्री विमला विकले भने सपथ लिएनन् ।

शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, मन्त्रीहरुलगायत सबैले मास्क लगाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?