Comments Add Comment

निषेधाज्ञामा अवैध काठ ओसारपसार गरेको आरोपमा तीनजना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा निषेधाज्ञाका बेला अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का अन्दाजी १८ वर्षीय सागर तम्राकार, सोही ठाउँका १९ वर्षीय सुरज तम्राकार र १८ वर्षीय रोशन तम्राकार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनीहरुको साथबाट ७ दशमलव ६१ क्यु फिट अवैध काठ बरामद गरेर आवश्यक कारवाहीका लागि शुक्रबार सब डिभिजन वन कार्यालय पिपरियाको जिम्मा लगाइएको उनले बताए ।

अवैध मदिरा बिक्री गर्ने डेरी सञ्चालक पनि पक्राउ

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ त्रिवेणी चौकमा अवैध रुपमा मदिरा बिक्रि गर्ने सञ्चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्ट डेरी हाउसकी सञ्चालक ३७ वर्षीया बसन्ती बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

इजाजत पत्र नलिएर डेरीबाट अवैध रुपमा मदिरा बिक्रि गर्ने गरेको पाइएपछि बिष्टलाई पक्राउ गरिएको उनले जनाए । डेरीबाट विभिन्न कम्पनीका अवैध मदिरा बरामद गरेर आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment