Comments Add Comment

कञ्चनपुरमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का अन्दाजी १८ वर्षीय सागर ताम्राकार, सोही ठाउँका १९ वर्षीय सुरज ताम्राकार र १८ वर्षीय रोशन ताम्राकार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनीहरुको साथबाट ७ दशमलव ६१ क्यु फिट अवैध काठ बरामद गरेर आवश्यक कारवाहीका लागि शुक्रबार सब डिभिजन वन कार्यालय पिपरियाको जिम्मा लगाइएको उनले बताए ।

डेरीबाट मदिरा बिक्री

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ त्रिवेणी चौकमा अवैध रुपमा मदिरा बिक्री गर्ने सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्ट डेरी हाउसकी सञ्चालक ३७ वर्षीया बसन्ती विष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

इजाजत पत्र नलिएर डेरीबाट अवैध रुपमा मदिरा बिक्री गर्ने गरेको पाइएपछि विष्टलाई पक्राउ गरिएको उनले जनाए ।

डेरीबाट विभिन्न कम्पनीका अवैध मदिरा बरामद गरेर आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment