Comments Add Comment

२४ घण्टामा रौतहटका १० संक्रमितको मृत्यु

१ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट रौतहटमा १० जनाको मृत्यु भएको छ ।

गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा पाँच जना र जिल्ला बाहिर अन्य अस्पतालमा पाँच जना गरी १० जना संक्रमितको एकै दिन मृत्यु भएको हो । मृत्यु भएकामध्ये दुई जना महिला र आठ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

संक्रमणका कारण बौधिमाई–७ की ३५ वर्षीया महिलाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र सोही नगरपालिकाकी वडा नम्बर ४ की ४० वर्षीया महिलाको कोभिड अस्थायी अस्पताल गौरमा मृत्यु भएको हो ।

यसैगरी नारायणीमा गढीमाई–५ का ४८ वर्षीय पुरुष, फतुवा विजयपुर–८ का ४० वर्षीय पुरुष, भवानी अस्पताल वीरगञ्जमा चन्द्रपुर–८ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । संक्रमित भएर काठमाडौंमा उपचारका क्रममा रहेका माधवनारायण–१ का ४४ वर्षीय पुरुष र गौर–१ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गरुडा–५ का ५३ वर्षीय, फतुवा विजयपुर–३ का ५० वर्षीय, गौर–४ का ७० वर्षीय वृद्ध पुरुषको गौरमा र चन्द्रपुर–६ का ७० वर्षीय वृद्धको चन्द्रनिगाहपुरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वैशाख १३ देखि हालसम्म रौतहटका ४६ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा रौतहटमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरको पीसीआर ल्याबमा १६४ नमुना परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment