+
+

काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ चिनियाँ खोपको दोस्रो डोज (सूची सहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १०:०७

२ जेठ, काठमाडौं । काठमाडौं जिल्लामा आइतबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।  मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसबाहेक कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एकएक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ ।

काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?