+
+
Shares

राष्ट्रियसभाको उपनिर्वाचनमा खटिने कर्मचारीले पीपीई लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १७:२७

२ जेठ, काठमाडौँ ।  जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खटिने कर्मचारीले अनिवार्य रूपमा पीपीइ लगाउने भएका छन् ।

आइतबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक,मतदान प्रतिनिधिहरू सबैले पीपीईको प्रयोग गर्नु पर्ने व्‍यवस्था गरेको छ ।

यसका साथै मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक, पर्यवेक्षक, उम्‍मेदवार वा उम्‍मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थलमा वा केन्द्रमा रहँदा कम्तिमा २ मिटरको दूरी कायम गर्नु पर्ने र सबैले अनिवार्य रूपमा फेसशिल्ड, पञ्‍जा र मास्क लगाउनु पर्ने समेत आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै मतदान केन्द्र वा मतदान स्थलमा प्रवेश गर्नुअघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाइ साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्न आयोगले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?