Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

२ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप ७ जनाको मृत्यु भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ४ जना, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल र गण्डक अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो । मृतकमध्ये पर्साका ४ जना र बाराका ३ जना छन् ।

नारायणी अस्पतालमा वीरगञ्ज–१९ बस्ने ४४ वर्षीय पुरुष, बारा छातापिपराका ६० वर्षीय पुरुष, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका–१३ राधेमाईका ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै नारायणी वयोधा अस्पतालमा वीरगञ्ज– १ का ६४ वर्षीय पुरुष, वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज–१० कि ६८ वर्षीया महिला र गण्डक अस्पतालमा बाराको सुवर्ण गाउँपालिका– ६ धर्मपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment