
४ वैशाख, काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई जोय फाउन्डेशनले कोरोना संक्रमितका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपालका लागि नेपाली भन्ने अभियानका साथ स्थापना भएको सामाजिक संस्था फाउण्डेशनले अस्पताललाई बेड, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीई, गाउन, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरेको हो ।
फाउन्डेशनका तर्फबाट गौरव तिवारीले स्वास्थ्य सामाग्री क्लिनिकलाई हस्तान्तरण गरे । कोरोना महामारी नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोगलाई निरन्तरता दिइने संस्थाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4