Comments Add Comment

परीजस्तै देखिने रहरमा ३० वर्षदेखि कपाल नकाटेपछि…

काठमाडौं । जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने रहरमा युक्रेनमा एक महिलाले ३० वर्षदेखि आफ्नो कपाल पालिरहेकी छिन् र अहिले उनको कपाल साढे ६ फिट लामो छ ।

रियल लाइफ रापुन्जेल भनिने युक्रेनी महिला एलेना क्राभ्चेन्कोले ५ वर्षको उमेरदेखि कपाल काटेकी छैनिन् ।

महिलाको कपाल जति लामो भयो उति राम्रो हुन्छ भनेर आफ्नी आमाले भनेसँगै उनले बाल्यकालदेखि नै कपालको स्याहार सुरु गरेकी थिइन् । अहिले ३५ वर्ष उमेर हुँदासम्म उनले कपालको स्याहार सुसार गरिरहेकी छिन् र उनको स्याहार बमोजिम नै कपाल निकै लोभलाग्दो बनेको छ ।

उनको कपाल यति लामो छ कि उनी हिँड्दा समेत कपालले भुइँ सोहोर्छ ।

कपालको स्याहार गर्न त्यति सजिलो छैन । उनले हप्तामा एक दिनमात्रै कपाल नुहाउँछिन् । नुहाउँदा कपाल नटुटोस् र नझरोस् भन्नका लागि निकै सावधानी अपनाउनु पर्दछ । त्यसैले कपाल नुहाउनका लागि मात्रै उनलाई आधा घण्टा लाग्दछ ।

उनले कहिल्यै पनि कपाल काइँयोले कोर्दिनन् र सुकाउनका लागि हेयर ड्रायरको प्रयोग पनि गर्दिनन् । प्राकृतिक रुपमै कपाल सुकाउँछिन् उनले ।

आफ्नो परीजस्तै कपालका कारण सोसल मिडियामा एलेना निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका फलोअर्सको संख्या ६० हजार भन्दा धेरै छ ।

मिरर डट को डट युकेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment