Comments Add Comment

सुदूरपश्चिम प्रदेशमा १९ हजारले जिते कोरोना

४ जेठ, डोटी । सोमबार सुदूरपश्चिम प्रदेशमा चार सय ७६ जना संक्रमितहरुले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार एण्टिजेन बिधिबाट परीक्षण गर्दा संक्रमित देखिएका एक सय ४७ र पीसीआर विधिवाट पत्ता लागेका तीन सय २९ जनाले कोरोना विरुद्धको लडाइँ जितेका हुन् ।

निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा कोरोना जित्नेहरुको संख्या १९ हजार दुई सय ८५ पुगेको छ । यो संख्या कुल संक्रमित संख्याको ६३.३९ प्रतिशत हो ।

हालसम्म कैलालीमा सबैभन्दा बढी आठ हजार पाँच सय ४६ ले कोरोना संक्रमण जितेका छन् । यो संख्या कैलालीका कुल संक्रमित संख्याको झण्डै ६३ प्रतिशत हुन आउँछ । कैलालीमा १३ हजार पाँच सय ८४ जना संक्रमित छन् ।

यस्तै अछाममा एक हजार नौ सय एक, बैतडीमा नौ सय २६, बझाङ एक हजार ५७ र बाजुरामा ६ सय २४ ले पनि कोरोनाबिरुद्धको लडाइँमा सफलता पाएका छन् । कोरोना संक्रमण निको हुनेहरुमा डडेल्धुराका आठ सय ७६, दार्चुलाका चार सय चार, डोटीका एक हजार ६ सय ३३ र कञ्चनपुर तीन हजार दुई सय ५३ जना रहेका छन् । अन्य प्रदेश घर भई सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा उपचाररत ५६ जना पनि कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

सक्रिय संक्रमित ११ हजार

सोमबार एक हजार पाँच सय २५ जनाको परीक्षण गर्दा पाँच सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या सोमवार परीक्षण भएका कुल संख्याको झण्डै ३७ प्रतिशत हुन आउँछ ।

पिसिआर बिधिबाट एक हजार दुई सय ४४ जनाको परीक्षण गर्दा चार सय ८७ र एण्टिजेन बिधिबाट दुई सय ९१ को परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ११ हजार चार सय ४० जना सक्रिय संक्रमितहरु रहेका छन् ।

कैलालीमा चार हजार नौ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अछाममा सात सय ८६, बैतडीमा नौ सय ६७, बझाङमा नौ सय ४१ र बाजुरामा दुई सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।

डडेल्धुरामा पाँच सय १४, दार्चुलामा दुई सय ९५, डोटीमा पाँच सय ५९ र कञ्चनपुरमा दुई हजार दुई सय २० जना कोरोना बिरुद्धको लडाई लड्दैछन् । अन्य प्रदेशका २४ जना पनि सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

हालसम्म एक लाख, ९९ हजार सात जनाको परीक्षण गर्दा ३१ हजार दुई जनामा संक्रमण देखिएको छ । यो संख्या परीक्षण गरिएका कुल संख्याको १५.५७ प्रतिशत हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment