Comments Add Comment

युरोकपका लागि जर्मनीको टिम घोषणा, मुलर र हुमेल्सको पुनरागमन

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकप फुटबलका लागि जर्मनी टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक योकिम लोले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा थोमस मुलर र माट हुमेल्सले पनि पुनरागमन गरेका छन् । बायर्न म्युनिखका फरवार्ड मुलर २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । प्रशिक्षक लोले २०१९ मा मुलरसँगै माट हुमेल्स र जेरोमी बोएटेङलाई उनीहरुको भविष्य नभएको भन्दै राष्ट्रिय टिमबाट हटाएका थिए ।

नम्बर वान गोलकिपर मानुएल नोएसँग बर्न लेनो र केभिन ट्रयाप टिममा परेका छन् । यसअघि नै दोस्रो रोजाइका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले चोटका कारण युरोकप नखेल्ने घोषणा गरिसकेका छन् ।

टिममा युलियन ब्रान्ट फ्लोरिन विट्ज जस्ता खेलाडी भने अटाउन सकेनन् । टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ११ मिडफिल्डर र ३ फरवार्ड छन् ।

समूह एचमा रहेको जर्मनीले फ्रान्स, पोर्चुगल र हंगरीसँग खेल्नुपर्नेछ ।

२६ सदस्यीय जर्मन टिम

गोलकिपर :  मानुएल नोए, बर्न लेनो, केभिन ट्रयाप

डिफेण्डर : माट हुमेल्स, एन्टोनिओ रुडिगर, माथियस जिन्टर, निकलस सुले, लुकास क्लोस्टरमन, मार्सेल हाल्सटेनवर्ग, रोविन कोच, रोविन गोसेन्स, क्रिस्टियन गुन्टर

मिडफिल्डर : एम्रे चान, टोनी क्रुस, थोमस मुलर,, जोसुअ किम्मिच, इल्के गुन्डागोन, लिओन गोरेट्ज्का, लरे साने, काइ हाभार्ट, फ्लोरिन नेउहाउस, जोनास होपमन, जमल मुसिएला

फरवार्ड : टिमो वेर्नर, सर्ज जिनाब्री, केभिन भोल्याण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment