
६ जेठ, धनगढी । कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधी थप्नुपर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १५ गतेसम्म निरन्तरता दिन आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको आदेश जारी गरेका हुन् ।
कञ्चनपुरमा स्थानीय प्रशासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4