
५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताएका छन् ।
बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए । उनले अघि भने, ‘अध्यादेशबाट ल्याउने कुनै सोच छैन । नियमित बैठकमै बजेट पेश हुन्छ ।’
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
प्रतिनिधिसभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि-बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4