+
+

धारा ७६ (५) को सरकार गठन प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १९:३९

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया शुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?