Comments Add Comment

कोभिड १९ महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको २ करोड सहयोग

कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।

सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा यी सहयोग भएका हुन् ।

अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई रु एक करोड पैत्तीस लाखको सहयोग गरिएको छ । नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप रु पचहत्तर लाख प्रदान गरिएको छ ।

नेपाल भेन्टिलेटर सर्भिसलाई हाइफ्लो क्यानुलास (नन इन्भेन्सिभ) भेन्टिलेटर खरिद गर्न सहयोग गरिएको छ । वीरगंज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि सहयोग भएको छ ।

ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद भएको छ ।

विराटनगर, मोरङमा अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको छ ।

रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ । रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ ।

लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरिएको छ ।

रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र भैरहवा चेम्बर अफ कर्मस मार्फत रुपन्देहीमा संचालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरिएको छ ।

देश भरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पाीले जनाएको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने बताउँछन् । उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आएका छन् । शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि पनि हुन् ।

जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकास गर्नुपर्नेमा जोड दिए ।

‘कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हित संग निर्भर गर्दछ । यो समय सरकारले सीमित श्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्ने पनि हो,’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment