७ जेठ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री ओलीको बहिर्गमन अहिलेको मुख्य आवश्यकता रहेको बताएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असंवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता विरूद्ध रहेको भन्दै ओलीको बहिर्गमन मुख्य आवश्यकता रहेको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र, देशको राष्ट्रियता तथा जनताको स्वास्थ्यका लागि केपी ओलीको राजीनामा वा बहिर्गमन अहिलेको मुख्य आवश्यकता बनेको छ ।’ देशमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिका लागि ओली नै मुख्य रुपमा दोषी रहेका छन् । त्यसैले उनको बहिर्गमनका लागि हाम्रो पार्टीले जोड दिंदै आएको छ ।’
ओलीको बहिर्गमन पश्चात बामपन्थीहरुकाबीच आपसी समझदारी र सहकार्यका आधारमा नयाँ सरकारको निर्माण गरिनु पार्टीले जोड दिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4