+
+
Shares

निर्देशक फुर्वाको अर्को रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १४:२६

गायक, म्यूजिक भिडियो निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले फेरि अर्को किर्तिमान बनाएका छन् । उनले, आफूले किर्तिमान बनाएको प्रमाणपत्रलाई विश्वकै उच्च स्थानमा लिएर अर्को किर्तिमान बनाएका हुन् ।

शेर्पाले आफूले बनाएको किर्तिमानको प्रमाणपत्र विश्वकै सर्वोच्च स्थानमा लिएर नयाँ किर्तिमान बनाएका हुन् । सन् २००४ मा फुर्वाले ‘गीत एक अक्षरको’ एल्बममा ‘म’ अक्षर मात्रै प्रयोग गरी गीत गाएका थिए । एउटै मात्र अक्षरको गीत गाएर उनले गिनिज बुकमा नाम लेखाएका थिए ।

उनले गाएको सो गीतलाई बेलायतको बल्र्ड बुक अफ रेकर्डले पनि आफ्नो रेकर्डमा राखेको छ । यसैको प्रमाणपत्र फुर्वाले सगरमाथाको बेसक्याम्पमा लिएर फेरि अर्को रेकर्ड बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?