+
+

कोभिडको महामारीमा हातेमालो सामाजिक अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १९:५८

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामूहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेको छ।

यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आमनागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्नेथलोको रुपमा स्थापना गरिएको हो । यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिनेछ ।

‘हामी हातेमालो अभियान मार्फत समाजका सरोकारवाला र आमनागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारी रुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्न आह्वान गर्दछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?