Comments Add Comment

संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वान

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानूनी लडाइँ लड्छौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपील समेत गरेको छ ।

यो पनि पढ्नुहोस ‘संसद विघटनविरुद्ध हिजो आ–आफ्नो ठाउँबाट लड्यौं, अब एक भएर लडौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment